विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोजिदै « Khabarhub

विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोजिदै


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनको रूपमा प्रयोग गरिएका सरकारी तथा सामुदायिक विद्यालयहरूको विकल्प खोज्न थालेको छ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना क्वारेन्टाइनका कारण बालबालिकाको पठनपाठनमा बाधा हुनेप्रति ध्यान दिँदै विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले बताए।

“बैठकले भारत, तेस्रो मुलुकलगायत अन्य जिल्लाबाट मानिस आउने क्रम केही कमी भएपनि हालसम्म नरोकिएको र कोरोनाको सङ्क्रमणसमेत नियन्त्रणमा आउन नसकेकाले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ”, उनले भने, “मूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टाइनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छ।”

क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या क्रमशः घट्दै गइरहेकाले सम्भव भएसम्म अन्य भवनको प्रयोग गरी विद्यालयमा पठनपाठन निरन्तरता दिन वातावरण मिलाउँदै जाने निर्णय गरिएको लामिछानेले बताए।

सुर्खेतका आधारभूत विद्यालयदेखि विश्वविद्यालय गरेर १७५ शैक्षिक संस्थामा क्वारेन्टाइन सञ्चालनमा छन्। भारतबाट आएका यस जिल्लाका १४ हजार ८१९ जना मध्ये ती क्वारेन्टाइनहरूमा १२ हजार ८७० नागरिक बसेका छन्।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ५७ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद