बाग्लुङको क्वारेन्टिनमा ज्यान गुमाएका युवकमा कोरोना देखियो « Khabarhub

बाग्लुङको क्वारेन्टिनमा ज्यान गुमाएका युवकमा कोरोना देखियो


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – बाग्लुङको क्वारेन्टिनमा ज्यान गुमाएका युवकको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टिनमा रहेका ती युवकको गएराति मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुका अनुसार फोक्सोमा समस्या देखिएपछि ती युवक उपचारका लागि भारत गएका थिए ।

भारतबाट उनी असार ३ गते बाग्लुङ फर्किएका थिए । उनको आइतवार दिउँसो रिपोर्ट आएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । सेनाले उनको शव व्यवस्थापन गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : ४६ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान