ट्वीटरले थप्न सक्छ ‘एडिट’ अप्सन, राख्यो शर्त « Khabarhub

ट्वीटरले थप्न सक्छ ‘एडिट’ अप्सन, राख्यो शर्त


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर थप्ने संकेत दिएको छ । ट्वीटरले आफ्नो प्रयोगकर्तालाई सम्पादन गर्न मिल्ने फिचर दिन सकिने बताएको हो ।

ट्वीटरको आधिकारिक ह्याण्डलमा एक ट्वीट गर्दै भनिएको छ, ‘यदि सबैले मास्कको प्रयोग गरे भने तपाईंसँग सम्पादन गर्न मिल्ने बटन हुनसक्छ ।’

लामो समयदेखि ट्वीटर प्रयोगकर्ताले ट्वीटमा पनि सम्पादनको सुविधा हुनुपर्ने माग गर्दै आएका छन् । केही समयअघि भने ट्वीटर यस्तो कुनै फिचर नथप्ने बताएको थियो ।

सामाजिक सञ्जाल फेसबूकले भने आफ्ना पोस्ट सम्पादन गर्न मिल्ने सुविधा दिँदै आएको छ ।

कतिपयले कोरोना भाइरसको बढ्दो प्रकोप न्यूनीकरण गर्न मास्क लगाउनका लागि ट्वीटरले यस्तो भनेको हुनसक्ने जनाएका छन् ।

शुक्रवार गरिएको उक्त ट्वीटमा ४१ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् भने ७ लाखभन्दा बढीले रिट्वीट गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : १७ बजे

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६