स्वास्थ्य मन्त्रालयले भन्यो- ढलको पानीबाट कोरोना भाइरस सर्दैन | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले भन्यो- ढलको पानीबाट कोरोना भाइरस सर्दैन


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने दावी गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी गरेका हुन् ।

सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्समा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लगाएको थियो । काठमाडौंमा ढलको पानीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारमाध्यमहरुले उक्त विषयमा समाचार प्रकाशित गरेका थिए ।

‘विश्वमा अयन्त्र भएका अध्ययनले व्यक्ति कोभिड १९को संक्रमित रहेकै अवस्थामा वा निको भइसकेको अवस्थामा पनि ढलमा कोभिड १९ भाइरल आरएनए फ्यामेन्टस् अर्थात भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ, डा गौतमले भने, ‘जुन सामान्यतया रोग सार्ने खालको हुँदैन, यस्तै अध्ययनहरुका अनुसार कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको, फोहोर पानी अर्थात अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिन सम्म बाच्ने देखिएको छ । यसरी ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपछि यसको माध्यमबाट कोभिड १९ सर्न सक्ने सम्भावनाहरुलाई अध्ययनहरुले पुष्टि गरेका छैनन् ।’

डा गौतमले ढलको पानीमा कोरोना भाइरस भेटिए पनि यसले समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए । उनले ढलको पानी सरसफाइ गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षाका सामाग्रीहरु लामो गाउँन, बाक्लो पञ्चा तथा बुट, मास्क र चस्मा लगाउनुपर्ने बताए ।

उनले काम गर्दा फोहोर हातले नाक मुख र आँखा छुन नहुने पनि बताए । उनले फोहोर तथा ढल सफा गरेपछि साबुनपानीले हात धुनुपर्ने पनि बताए । डा गौतमले  ढल तथा फोहोर पानीबाट कोभिड १९ भाइरस संक्रमण भएको प्रमाण नभएको भएपछि अन्य रोगको जोखिम भने हुने बताए ।

उनले ढलको माध्यमबाट कोरोना भाइरस नफैलिने भएपछि ढलको पानीमा भाइसरको जिवाणु र विषाणुको पहिचान र मात्रा तय गरी त्यसको आधारमा समुदायमा संक्रमणको अवस्था बुझ्न सकिने बताए ।

उनले ढलमा कोरोना भाइरस भेटिएको विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने बताए । उनले ढलको पानीमा कोरोना भाइरस भेटिदैमा नडराउन पनि आग्रह गरेका छन् ।

डा गौतमले कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट संक्रमित व्यक्तिले हाँच्छिउ गर्दा वा खोक्दा नजिक रहेका व्यक्तिहरुलाई थुकको छिटाको माध्यमबाट तथा संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा प्रयोग गरेको हातले छोएका ठाउँमा भाइरस केही देखि जीवित रहन सक्ने बताए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : १० बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई