जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने « Khabarhub

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयअनुसार घोषित कार्यक्रम अन्तर्गत जसपा नेपालले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

यस्तै, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारमा विरोध कार्यक्रम र कोणसभाका साथै जनपरिचालन गर्ने जसपा नेपालले जनाएको छ ।

घोषित कार्यक्रम अन्तर्गत मंसिर १९ र २१ गते माग तथा मुद्दा अङ्कित प्लाकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिने, मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभाका कार्यक्रम रहेका छन् ।
यसैगरी पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा सभा गर्ने कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ५५ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई