कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने पक्राउ « Khabarhub

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने पक्राउ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्।

बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रहेको आरोपमा फरार रहेका एक जनालाई प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको रुविभ्यालिका सौजन तामाङ रहेको र उनलाई जावलाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२०७६ असोज ७ गते कृषि विकास बैंकको न्युरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी भएको थियो।

श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा उनीहरुमाथि शंका गरिएको थियो।

बैंकको वित्तीय प्रणालीमा पहुँच राखी ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो।

गत असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जारलाई पक्राउ गरेको थियो ।

उनलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पठाइएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि