कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने पक्राउ « Khabarhub

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने पक्राउ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्।

बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रहेको आरोपमा फरार रहेका एक जनालाई प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको रुविभ्यालिका सौजन तामाङ रहेको र उनलाई जावलाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२०७६ असोज ७ गते कृषि विकास बैंकको न्युरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी भएको थियो।

श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा उनीहरुमाथि शंका गरिएको थियो।

बैंकको वित्तीय प्रणालीमा पहुँच राखी ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो।

गत असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जारलाई पक्राउ गरेको थियो ।

उनलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पठाइएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : १३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच