असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह « Khabarhub

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ ।

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

असार २६ देखि २९ गतेसम्म धेरै स्थानमा नदी कतै सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।

यस्तै प्रदेश नं १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न समयमै अनुरोध गरेको छ । प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरको १३० वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी डडेलधुराको वर्षामापन केन्द्रमा १२४ दशमलव पाँच मिलिमिटर पानी परेको छ ।

यस्तै सात वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । छब्बीस केन्द्रमा २५ मिलिमिटर, ५२ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा २४ विपद्का घटना भएको प्राधिकरणले जनाएको छ ।

अहिले असारमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले शुरुमै कुनकुन क्षेत्रमा असर गर्नसक्छ भन्ने कुरा सार्वजनिकरुपमा जानकारी दिन थालिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको