पृथ्वीनारायण शाहको शालिक अनावरण « Khabarhub

पृथ्वीनारायण शाहको शालिक अनावरण


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आज अनावरण गरेको छ ।

बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापाले अनावरण गरेका हुन् ।

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो ।

शालिक अनावरण कार्यक्रममा बाहिनीपति सहायकरथी पण्डितले देशको एकीकरण, स्वाभीमानको सुदृढीकरण, सबै किसिमका सङ्कटको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सवलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताए ।

कार्यक्रममा बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द, उपप्रमुख सुशीला सिंह, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायत विभिन्न सुरक्षा निकायका प्रमुख, सैनिक अधिकृत तथा समाजसेवीको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : २४ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग