प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टी एकताको ‘म्यान्डेट’ विपरीत : नेता रायमाझी « Khabarhub

प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टी एकताको ‘म्यान्डेट’ विपरीत : नेता रायमाझी


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पछिलो समय पार्टीभित्र देखिएको समस्या सहमतिका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री रायमाझीले पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेताले आपसी सहमति कायम गर्नुको विकल्प नभएको बताउँदै अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारे ।

“पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दा पनि शक्ति बाँडफाँटमा बढी केन्द्रित रहेको छ, विवाद खासगरी ‘पावर सेयरिङ’मा सम्बन्धित छ, यही विषयले उचाइ लिइरहेको छ, अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ”, उनले भने ।

दुई तिहाइको वर्तमान सरकार बनेपछि जनतामा सरकारप्रति अपेक्षा बढे पनि सरकारले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेको स्वीकार गरे ।

उनले भन्नुभयो, “मुलुक यतिबेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सीमा विवादमा सिङ्गो राष्ट्र एकजुट भएर लागिरहेको छ, यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् कुरा हो, सरकारलाई परिणाममुखी बनाउनका लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान हुने होइन ।”

अहिले देखिएका विवाद समाधानका लागि नेताहरुले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : १५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको