अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने « Khabarhub

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन व्यवसायी मञ्जु मिश्र स्वतन्त्ररुपमा चुनाव लड्ने भएकी छन् ।

एमालेनिकट मानिने अधिवक्ता मिश्र एमालेमा देश र जनताप्रति देखिएको गैरजिम्मेवारीले गर्दा आफू चुनावमा होमिन लागेको बताउँछिन् ।

समाजशास्त्र, मानवशास्त्र र कानुनशास्त्रमा स्नातोकोत्तर मिश्रले कैलाली जिल्लामा समाजसेवी, पत्रपत्रिकामा लेख्ने लेखकका रुपमा समेत परिचय बनाएकी छन् ।

पुरानो पुस्ताले आफै नेतृत्व नछोडेकोले हस्तक्षेपबाट युवा पुस्ताले आफ्नो नेतृत्व स्थापित गर्ने सोच राख्ने मिश्र सुदूरपश्चिमलाई गरिबीबाट मुक्त पार्ने, पछाडि परेको वर्गलाई उठाउने, शुसासन कायम गर्न रणनीति बनाउने, छाउपडी, कमैया, कम्लहरी जस्ता कुप्रथा व्यवहारिकरुपमै हटाउने चुनावी मुद्धा आफूले उठाउने बताउछिन् ।

अधिवक्ता मिश्रले हिन्दु राष्ट राख्ने, प्रदेश हटाउने, स्थानीय तहलाई बलियो बनाउनु पर्छ भन्ने धारणा आफ्नो रहेको बताउँदै ती कुरालाई पनि चुनावी मुद्दा बनाउने बताइन ।

गहकिला लेख, कविता, गजलसमेत लेख्ने मिश्रलाई पत्रकारिता र साहित्यिक क्षेत्रमा मञ्जु मिश्र रोशीका रुपमा चिन्नेहरु पनि धेरै छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर १० कि स्थायी बासिन्दा मिश्रले घोडाघोडी नगरपालिकाले ५१ विद्यालयका प्रधानाध्यापक फेरबदल निर्णयविरुद्ध अदालत गएर नगरपालिकाललाई निर्णय फिर्ता लिन बाध्य पारेकी थिइन ।

इन्टरनेश्नल बिजनेश एण्ड ट्रेड लमा स्नातकोत्तर अधिवक्ता मिश्रले अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्य कानुससनसम्वन्धी मुद्दामा चासो राख्ने गरेकी छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : २९ बजे

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा