बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना पोजेटिभ « Khabarhub

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट कोरोना पोजेटिभ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ-  बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।

गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो ।

उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

यसैबीच सामाजिक विकास निर्देशनालयले गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । थपिएका संक्रमितहरुमध्ये कास्कीका २ जना, लमजुङका १, गोरखाका १ र बाग्लुङका १ जना रहेका छन् ।

नयाँ थपिएका ५ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयले जानरी गरेको विज्ञप्ति

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ५३ बजे

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी