दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि   « Khabarhub

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको खेल मैदानमा दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि सुरु भएको छ।

“पर्यटन विकासका लागि युवा” संस्थाको आयोजनामा भएको महोत्सवमा राष्ट्रिय स्तरका गायक–गायिकाको प्रस्तुति रहनेछ। साथै विभिन्न समुदायको सहभागितामा झाँकी प्रदर्शन, विविध भेषभूषा तथा कला–संस्कृतिको प्रदर्शनी पनि गरिनेछ।

महोत्सवमा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न स्टलहरू राखिनेछन्, जसले स्थानीय उत्पादन र आधुनिक कृषि प्रविधिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मनोरञ्जनका लागि रोटेपिङ, १० किलोमिटर म्याराथन तथा खुला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिनेछ।

त्यसैगरी देउमाई नगरपालिकाभित्र र आसपासका पर्यटकीय क्षेत्रका फोटो प्रदर्शनी, पुराना ऐतिहासिक सामग्रीहरूको प्रदर्शनी, विद्यार्थीका लागि होमस्टे तथा पर्यटन अभिमुखीकरण कार्यक्रम, साथै हस्तकला र चित्रकला प्रदर्शनी समेत हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ४ : ३४ बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण