कांग्रेससँगको सामिप्यता देखाएर गुट तर्साउने धन्दा बन्द गर : नेता थापा  « Khabarhub

कांग्रेससँगको सामिप्यता देखाएर गुट तर्साउने धन्दा बन्द गर : नेता थापा 


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुट विवादमा एकले अर्कोलाई तर्साउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहयोग मागेको र विभिन्न मन्त्रालय अफर गरेको भन्ने चर्चा चलिरहेका बेला युवा नेता थापाको यस्तो टिप्पणी आएको हो ।

‘जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन्,’ सामाजिक संजालमा थापाले लेखेका छन्, ‘यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।’

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि उनले कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष रहेको बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्-  “नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष छ । कसैलाई कुनै भ्रम नरहोस्– कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन !,”

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : ५३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको