सभापति देउवाले भने- नेकपाको आन्तरिक द्वन्द्वमा काँग्रेस निरपेक्ष | Khabarhub Khabarhub

सभापति देउवाले भने- नेकपाको आन्तरिक द्वन्द्वमा काँग्रेस निरपेक्ष


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।

तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले सोबारेमा जानकारी गराएका थिए । सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा काँग्रेस निरपेक्ष रहने बताए ।

सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, श्यामकुमार घिमिरे र वीरबहादुर बलायरले आफ्नो धारणा राखेका छन् ।

केन्द्रीय समितिको बैठक भोलि असार २२ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : २७ बजे

ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने

काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र

विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य

न्याय सम्पादनलाई चुस्त बनाउने प्रयास गर्छौँ : महान्यायाधिवक्ता बडाल

काठमाडौं– सरकारको कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको

कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमै सक्नेगरी पहल गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको

‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको  चेतावनी 

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका विषयमा