भारतमा एकैदिन थपिए ५१ हजार संक्रमित « Khabarhub

भारतमा एकैदिन थपिए ५१ हजार संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेको छ ।

एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ ।

संक्रमितमध्ये ८४९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ ।

१२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् ।

५ लाख ८५ हजार १३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ ।

बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये ६५ हजार ४३६ जनाको अवस्था गम्भीर छ ।

१ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : ३२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको