आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे प्रायोजन सम्झौता रद्द | Khabarhub Khabarhub

आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे प्रायोजन सम्झौता रद्द


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको छ ।

पछिल्लो समय भारत र चीनबीच विवाद बढ्दै गएपछि आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे प्रायोजन सम्झौता रद्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग दुई हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो ।

चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको जनाइएको छ ।

यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ ।

सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढेको हो ।

यही तनावकै कारण गोप्य सूचना चुहिने खतरा रहेको बताउँदै भारतले यसअघि चिनियाँ एप्लिकेशन टिकटकमाथि समेत प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : १४ बजे

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र