साउदीमा २३ नेपाली अलपत्र, न काम न दाम (भिडियोसहित) « Khabarhub

साउदीमा २३ नेपाली अलपत्र, न काम न दाम (भिडियोसहित)



दोहा : काठमाडौँको भीमसेनगोलास्थित गोल्डेन इगल मेनपावर मार्फत साउदी अरब पुगेका २३ जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू ९ महिनाअघि मात्र नेपालबाट साउदी पुगेका थिए ।

उनीहरू विगत ४ महिनादेखि अलपत्र अवस्थामा छन् । कार्यरत कम्पनी बन्द भएपछि अलपत्र परेको पीडित दोलखाका भीमकुमार थामीले बताए ।

उनले भने, ‘राम्रो सेवा सुविधा र काम भनेर मेनपावरले पठाए पनि भनेजस्तो काम पनि पाइएन । दामको त कुरै भएन । ४ महिनादेखि हामी अलपत्र छौँ ।’

मेनपावर कम्पनीले जनही १ लाख २० हजार रुपैयाँ लिएको पनि उनले बताए ।

‘मेनपावर कम्पनीले साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर पठाएको थियो,’ उनले भने, ‘तर साउदी आइपुगेपछि नास ट्रस्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाइयो । जेनतेन काम गरेका थियौँ । खाने खर्च मात्रै भएपनि कम्पनीले दिएको थियो । अहिले कम्पनी नै बन्द भयो ।’

उनले सरकारले तोकेभन्दा बढी पैसा मेनपावर कम्पनीले लिएको भन्दै आफूहरुले पहिले सोध्दा राम्रो काम र राम्रो तलब हुने भएकाले बढी लाग्ने भनेपछि सबैले १ लाख २० हजार रुपैयाँ तिरेको बताउँछन् ।

‘विश्वासका आधारमा काम गर्नुपर्छ भनेर मेनपावरले भनेको थियो । हामी विश्वासमा पर्‍यौ,’ उनले भने, ‘उल्टो विश्वासघाती मेनपावर बन्यो ।’

मेनपावरसँग भएको सम्झौता अनुसार कुनै काम नभएको भन्दै उनले भने, ‘मेनपावरले खाने बस्ने सुबिधासहित ८ घण्टाको १ हजार साउदी रियाल तलब हुन्छ भनेर पठाएको थियो । तर यहाँ कम्पनीले ९ घण्टाको सुख्खा ९ सय रियाल दिने गरेको थियो । अहिले कम्पनी पनि बन्द भयो ।’

भिडियो हेर्नुहोस्

https://www.facebook.com/khabarhubofficial/videos/211019013682831/?t=10

कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम, न दाम भएर बस्नु परेको पीडितहरूको भनाई । कम्पनीमा कार्यरत कामदारले नेपालबाट आउँदा तोकिएको तलबलगायत अन्य कुनै पनि सेवासुविधा नपाएको गरेको उनीहरूले बताएका छन् ।

समस्यामा परेपछि मेनपावरलाई खबर गरे पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । पीडित थामीले भने, ‘मेनपावर कम्पनीलाई पटक पटक सम्पर्क राम्रो रेस्पोन्स नै गर्दैन । अहिले कोरोनाको कारण समस्या भएको र अवस्था सामान्य भएपछि उद्धारको पहल गर्ने मात्र भनेको छ । हाम्रो अवस्था झन झन जटिल बन्दैछ । हामी उद्धारको पर्खाइमा छौँ ।’

उनीहरूको सहयोगका लागि एनआरएनएले भूमिका खेलिरहेको छ । एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालका अनुसार पीडितहरु रहेको कम्पनीमा ३५ जना नेपाली बिना काम बिना तलब भएर बसेको पाइएको बताए ।

उनले समस्या समाधान गर्न साउदीस्थित नेपाली दूतावाससँग पनि बारम्बार समन्वय गरिरहेको बताए ।

उनले भने, ‘उनीहरू समस्यामा छन् । खाना नै नपाउने अवस्था भयो भने मलाई जानकारी गराउनु भनेको छु । म चाँडै राहत सामान पुर्‍याउने छु ।’

यता, उनीहरुलाई पठाउने गोल्डेन इगल मेनपावरका प्रतिनिधिसँग यस विषयमा कुरा गर्न खोज्दा सम्पर्कमा आएनन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ४० बजे

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं- सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई