भौतिक कारोबार बन्द गर्न बैंकलाई महानगरको आग्रह « Khabarhub

भौतिक कारोबार बन्द गर्न बैंकलाई महानगरको आग्रह


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ।

विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोबार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको हो।

महानगर क्षेत्रमा लकडाउन गरे पनि बैक तथा वित्तीय संस्थामा भीडभाड भइरहेकाले संक्रमणको सम्भावना रहेको भन्दै महानगरपालिकाले लकडाउन अवधिभर विद्युतीय माध्यमबाट नगद कारोबार गर्न आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए।

महानगरपालिकाले सेवाग्राहीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : ३० बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण