ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु | Khabarhub Khabarhub

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चालक यादवलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकमा सवार धनुषाको धनुषाधाम निवासी २३ वर्षीय बालकृष्ण यादव घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : ५२ बजे

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र