सप्तरीमा ३ पुरूषको मृत्यु, कोरोनासँग मिल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गरिँदै « Khabarhub

सप्तरीमा ३ पुरूषको मृत्यु, कोरोनासँग मिल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गरिँदै


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सप्तरीका तीन जना पुरूषको मंगलबार राति मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो।

अर्का एक पुरूषको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै मृत्यु भएको यादवले जानकारी दिए ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषलाई ज्वरो आएपछि र  श्वासप्रश्वासमा  समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बाटोमै मृत्यु भएको यादवले जानकारी दिए ।

यस्तै, राजविराजस्थित छिन्नमस्ता, अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएका डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय  र राजगढ गाउँपालिकाका ८० वर्षीय वृद्धको मङ्गलबार राति मृत्यु भएको यादवले बताए ।

‘मंगलबार राति साढे १० र साढे ११ बजे मृत्यु भएका दुबै जना क्षयरोगका विरामी भएको जानकारी आएको छ,’ यादवले खबरहबसँग भने,’कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि देखिएकाले स्वाब संकलन गरिएको छ, बिहीबारसम्म रिपोर्ट आउँछ ।’

मृत्यु भएका रूपनकी पुरूषको पनि स्वाब संकलन गरेर गजेन्द्र नारायणसिंह अस्पतालमा राजविराजमा परीक्षण गर्न दिइएको उनले बताए ।

सञ्चालन अनुमति नै नभएको छिन्नमस्ता अस्पतालमा बिरामीको मृत्यु भएपछि उक्त अस्पताल पनि छानबिनको दायरामा आउने उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : २७ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६