पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक | Khabarhub Khabarhub

पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लोक गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ ।

तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।

‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा लय र शब्द शर्माकै छ । दुर्गा पौडेलले निर्देशन गरेको गीतको छायांकन पनि पौडेल आफैले गरेका छन् ।

नवीन घर्ती मगरले सम्पादन गरेको भडियोमा दिपा शाविसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड छन् ।

यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झमझम दर्कियो पानी”बोलको गीतले चर्चा कमाएको थियो।

गीतको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ३७ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ