पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु, १३३ जनामा संक्रमण पुष्टि « Khabarhub

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु, १३३ जनामा संक्रमण पुष्टि


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

डा.सिंहका अनुसार ती पुरुषमा हिजो ( मंगलबार) कोरोना पुष्टि आज बिहान ६ बजे वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा मृत्यु भएको हो । मृतक मधुमेह र मुटुरोगीसमेत भएको डा.सिंहले जानकारी दिए ।

‘वीरगंज हेल्थ केयरमा हिजो राती  ८ बजे भर्ना हुनुभएका एक जना ४५ वर्षका पुरुषको आज बिहान मृत्यु भयो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँ मधुमेह र मुटुरोगी पनि हुनुहुन्थ्यो ।

१३३ जना नयाँ संक्रमित

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जना कोरोना संक्रमित थपिएका छन् ।

डा.सिंहका अनुसार वीरगञ्जमा समुदायस्तरमा भइरहेको परीक्षण तथा कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरी भएको परीक्षणमा आज मात्र १३३ जना नयाँ संक्रमित थपिएका छन्।

‘नारायाणी अस्पतालको प्रयोगशालामा आज मात्र १३३ जना नयाँ संक्रमित थपिएका छन्,’ डा सिंहले भने, ‘उहाँहरु कोही समुदायस्तरको परीक्षणबाट त कोही कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिएका व्यक्तिहरु हुनुहुन्छ ।’

नयाँ थपिएका १३३ जना संक्रमितमध्ये एकजना चिकित्सक, १६ जना कारागारका कैदीबन्दीसमेत रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : ०४ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६