सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता « Khabarhub

सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ ।

एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्ता भएको छ ।

सेवा उद्योगतर्फ होटल १०१, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्ता भएको  छ । यो सङ्ख्या आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको भन्दा कम हो ।

योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४२६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६४८ र सेवा उद्योग तीन हजार ६३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिए । नयाँ उद्योग दर्ताबाट ४० लाख २९ हजार १०० राजस्व सङ्कलन भएको छ ।

गत आव २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग उद्योग दर्ता भएको थियो । यसमध्ये उत्पादनमूलक उद्योग १९१ वटा, सेवामूलक उद्योग ७४० वटा र कृषि तथा वनजन्य उद्योग ५५८ गरी एक हजार ४९१ वटा नयाँ दर्र्ता भएको थियो ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको प्रमुख यादवको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : २२ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश