सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता « Khabarhub

सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ ।

एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्ता भएको छ ।

सेवा उद्योगतर्फ होटल १०१, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्ता भएको  छ । यो सङ्ख्या आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको भन्दा कम हो ।

योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४२६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६४८ र सेवा उद्योग तीन हजार ६३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिए । नयाँ उद्योग दर्ताबाट ४० लाख २९ हजार १०० राजस्व सङ्कलन भएको छ ।

गत आव २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग उद्योग दर्ता भएको थियो । यसमध्ये उत्पादनमूलक उद्योग १९१ वटा, सेवामूलक उद्योग ७४० वटा र कृषि तथा वनजन्य उद्योग ५५८ गरी एक हजार ४९१ वटा नयाँ दर्र्ता भएको थियो ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको प्रमुख यादवको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : २२ बजे

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले