श्रीरामको आत्मीय सम्बन्ध नेपालकी जानकी मातासँग : मोदी | Khabarhub Khabarhub

श्रीरामको आत्मीय सम्बन्ध नेपालकी जानकी मातासँग : मोदी


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको बताएका छन् । उनले त्यस्तो आत्मीय सम्बन्ध जानकी माता (सीता)सँग जोडिएको बताए ।

मोदीले बुधबार भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजा गर्ने कार्यक्रमम उक्त कुरा बताएका हुन् । उनले भारतबाहेक दर्जनभन्दा बढी देशमा राम स्मरण हुने गरेको बताए ।

मोदीले दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा चाँदीले निर्मित पाँचवटा इँटा जगमा राखेर भूमि पूजा गरेका हुन् । हेलिकप्टरबाट अयोध्या गएका मोदीले भूमि पूजाअघि हनुमानगढीमा पूजा र आरती गरेका थिए ।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेल लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

सोही कार्यक्रममा सहभागी भएका योगगुरु रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरे ।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिने अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले इस्लाम धर्मावलम्बीको बाबरी मस्जिद भत्काएको थियो । बाबरी मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो ।

सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनहरुबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको पनि हुने फैसला गरेको थियो । अदालतको फैसलापछि राममन्दिर निर्माणका निर्णय भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : १५ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई