श्रीरामको आत्मीय सम्बन्ध नेपालकी जानकी मातासँग : मोदी « Khabarhub

श्रीरामको आत्मीय सम्बन्ध नेपालकी जानकी मातासँग : मोदी


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको बताएका छन् । उनले त्यस्तो आत्मीय सम्बन्ध जानकी माता (सीता)सँग जोडिएको बताए ।

मोदीले बुधबार भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजा गर्ने कार्यक्रमम उक्त कुरा बताएका हुन् । उनले भारतबाहेक दर्जनभन्दा बढी देशमा राम स्मरण हुने गरेको बताए ।

मोदीले दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा चाँदीले निर्मित पाँचवटा इँटा जगमा राखेर भूमि पूजा गरेका हुन् । हेलिकप्टरबाट अयोध्या गएका मोदीले भूमि पूजाअघि हनुमानगढीमा पूजा र आरती गरेका थिए ।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेल लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

सोही कार्यक्रममा सहभागी भएका योगगुरु रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरे ।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिने अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले इस्लाम धर्मावलम्बीको बाबरी मस्जिद भत्काएको थियो । बाबरी मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो ।

सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनहरुबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको पनि हुने फैसला गरेको थियो । अदालतको फैसलापछि राममन्दिर निर्माणका निर्णय भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : १५ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि