‘मदन पुरस्कार’को सूचीमा सात पुस्तक छनोट « Khabarhub

‘मदन पुरस्कार’को सूचीमा सात पुस्तक छनोट


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार –२०७६’ का लागि मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीले बुधवार एक विज्ञप्ति जारी गर्दै पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘यस प्रयोजन निम्ति गुठीलाई २०७६ मा प्रकाशित कूल १५१ पुस्तकहरु प्राप्त भएका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

छनोटमा परेका ७ पुस्तकमध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिनेछ ।

मनोनयन सूचीमा परेका कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ रहेका छन् ।

गुठीले उत्कृष्टमध्ये एक पुस्तकलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ४ लाख रूपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ३३ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर