विश्वमा कोरोना : प्रति १५ सेकेण्डमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

विश्वमा कोरोना : प्रति १५ सेकेण्डमा एक जनाको मृत्यु


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रति १५ सेकेण्ड एक जना व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ ।

समाचार एजेन्जी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेण्डमा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरूमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

विश्वभर बुधबार साँझसम्म १ करोड ८७ लाख ३५ हजार ७३४ जना संक्रमित भइसकेका छन् भने ७ लाख ५ हजार ६१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : ०० बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा