विश्वमा कोरोना : प्रति १५ सेकेण्डमा एक जनाको मृत्यु « Khabarhub

विश्वमा कोरोना : प्रति १५ सेकेण्डमा एक जनाको मृत्यु


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रति १५ सेकेण्ड एक जना व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ ।

समाचार एजेन्जी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेण्डमा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरूमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

विश्वभर बुधबार साँझसम्म १ करोड ८७ लाख ३५ हजार ७३४ जना संक्रमित भइसकेका छन् भने ७ लाख ५ हजार ६१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार