५ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि | Khabarhub Khabarhub

५ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ ।

बुधबार मोरङ र पर्सामा २/२ जना तथा काठमाडौँमा एक जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना पुरूष र पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाले नै मृत्यु भएको पुष्टि भएको छ ।

संक्रमणबाट मृत्यु भएका पुरूष मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए । युवतीलाई भने पखला लागेको थियो । उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, उनको मृत्यु कोरोनाले नै भएको बुधबार मात्रै पुष्टि भएको हो ।

मोरङमा पनि दुईको मृत्यु

मोरङको कोशी अस्पताल, विराटनगरमा पनि २ जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई जानकारी दिए । उनीहरूको बुधबार दिउँसो आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले बताए ।

कोशी अस्पताल विराटनगरका प्रवक्ता डा.लक्ष्मी नारायण यादवका अनुसार विराटनगरका ४५ वर्षका पुरुष मंगलबार बेलुका कोशी अस्पताल भर्ना गरिएको थिए । उनमा पहिला देखि नै मधुमेह र लिभरको समस्या थियो ।

उनको बुधबार बिहान ९ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आइनपुग्दै दिउँसो तीन बजे मृत्यु भएको थियो ।

काठमाडौँमा एकको मृत्यु

सशस्त्र प्रहरी बल अस्पतालमा बलम्बुमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सर्लाहीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सशस्त्र प्रहरीका बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए । अर्यालका अनुसार ती महिलामा  साउन १६ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ०२ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको