मानव बेचबिखनमा संलग्न एक जना पक्राउ « Khabarhub

मानव बेचबिखनमा संलग्न एक जना पक्राउ


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौँका चार महिलालाई कुवेतमा राम्रो तलबमा काम लगाइदिन्छु भनेर भारतमा लगेर बन्धक बनाएकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

तामाङले ती महिलालाई विसं २०७३ मा वीरगञ्ज नाका हुँदै दिल्लीमा बन्धक बनाएर राखे पनि प्रहरीले २०७४ मा महिलाको उद्धार गरेर मनोपरामर्श दिएर आफन्तको जिम्मा लगाइसकेको छ । पक्राउ तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही हुने ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने