बिहीबारदेखि सवारीसाधन सञ्चालनमा फेरि जोर विजोर लागू « Khabarhub

बिहीबारदेखि सवारीसाधन सञ्चालनमा फेरि जोर विजोर लागू

राति ९ बजेपछि हिँडडुलमा पनि रोक


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले यातायातका साधनमा बिहीबारदेखि नै लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बुढाले खबरहबलाई जानकारी दिए ।

‘जोरविजोर सबैतिर हैन, बिहिबारदेखि नै लागु हुने गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको छ,’ प्रवक्ता बुढाले भने ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोर विजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाइ गर्ने निर्णयमा पुगेको हो ।

मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।

राति ९ बजेपछि हिँडडुलमा पनि रोक

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।

यो प्रतिबन्ध २०० भन्दा बढी सक्रिय संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकाको हकमा मात्र भएको मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोरविजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाई गर्ने निर्णयमा पुगेको हो ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : २६ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र