बिहीबारदेखि सवारीसाधन सञ्चालनमा फेरि जोर विजोर लागू « Khabarhub

बिहीबारदेखि सवारीसाधन सञ्चालनमा फेरि जोर विजोर लागू

राति ९ बजेपछि हिँडडुलमा पनि रोक


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले यातायातका साधनमा बिहीबारदेखि नै लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बुढाले खबरहबलाई जानकारी दिए ।

‘जोरविजोर सबैतिर हैन, बिहिबारदेखि नै लागु हुने गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको छ,’ प्रवक्ता बुढाले भने ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोर विजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाइ गर्ने निर्णयमा पुगेको हो ।

मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।

राति ९ बजेपछि हिँडडुलमा पनि रोक

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।

यो प्रतिबन्ध २०० भन्दा बढी सक्रिय संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकाको हकमा मात्र भएको मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोरविजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाई गर्ने निर्णयमा पुगेको हो ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : २६ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका