विभिन्न मुलुकबाट तेह्र सयभन्दा बढी नेपाली स्वदेश फिर्ता « Khabarhub

विभिन्न मुलुकबाट तेह्र सयभन्दा बढी नेपाली स्वदेश फिर्ता


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरू विभिन्न एयरलाइन्सका चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ यात्रु काठमाडौँ ल्याएको छ ।

त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । अबुधाबीबाट १५४ यात्रु ल्याएको छ । हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ । काठमाडौँबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो । थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ ।

कतार एयरवेजले २५१, इतिहाज एयरले अबुधाबीबाट १३८ र फ्लाई दुबईले १६१ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी आठ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज आन्तरिकतर्फ पनि सात वटा चार्टर्ड उडान भए । तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : १३ बजे

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको