चिनियाँ हिरासतमा रहेका उइगर मोडलले भने – बाँच्ने अन्तिम आशामा छु « Khabarhub

चिनियाँ हिरासतमा रहेका उइगर मोडलले भने – बाँच्ने अन्तिम आशामा छु


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनको सिन्जियाङमा गैरकानूनीरूपमा राखिएका मुस्लिम अल्पसंख्यक उइगर समुदायका एक मोडलले एउटा भिडियो सार्वजनिक गर्दै आफू बाँच्ने अन्तिम आशामा रहेको बताएका छन् ।

सिन्जियाङ गैरकानूनीरूपमा राखिएको हिरासतबाट १० वर्षअघि बल्लतल्ल फुत्किएका मुस्लिम अल्पसंख्यक उइगर समुदायका ३१ वर्षीय घापरलाई फेरि हिरासतमै राखिएपछि त्यहाँभित्र हुने यातनालाई उनले भिडियोमार्फत सार्वजनिक गर्दै आफू बाँच्ने अन्तिम कोसिसमा रहेको बताएका हुन् ।

बीबीसीले प्राप्त गरेको उक्त भिडियोमा घापरले कोरोना भाइरसको महामारी फैलिएको सात महिना वित्दा पनि त्यसबारे कुनै जानकारी नदिइएको तथा फोहोरमा असुरक्षित भएर बस्न बाध्य भएको बताएका छन् ।

हिरासत कक्षमै रहेका घापरले उच्च सावधानिकासाथ गोप्यरूपमा बीबीसीलाई पठाएको उक्त भिडियोमा चीनले तीन खराब शक्तिविरुद्ध लडिरहेको भनिएको अतिवादी, आतंकवादी र पृथकतावादीको विषयमा उल्लेख गरिएको छ ।

हिरासतमा रहेकाहरुलाई यातना र दुर्व्यवहार गर्ने गरिएको तथा गम्भीर मनोवैज्ञानिक दबाब दिने गरिएको विषय उक्त भिडियोमा पाइएको बीबीसीले जनाएको छ । हिरासतमा रहेकाहरूलाई परिवारको सम्पर्कमा पुग्नै नदिइएको तथा घापर स्वयंम पनि पाँच महिनादेखि परिवारसँग सम्पर्कबिहिन भएको भिडियोमा दाबी गरिएको छ ।

३८ मिनेटको उक्त भिडियोमा उनले भोगेको यातनाको बारेमा जानकारी गराइएको छ ।  उनले यो आफ्नो अन्तिम आशा भएको पनि बताएका छन् ।

सन् २००९ मा उइगर भएकै कारण यातना भोगेपछि उनले सिन्जियाङ छोडेका थिए । तर, चिनियाँ अधिकारीहरुले फेरि उनलाई त्यही उइगर रहेको हिरासतमा थुनेको बताइएको छ ।

केही वर्षयतादेखि पश्‍चिमी प्रान्त सिन्जियाङका करिब १० लाख उइगर र अल्पसंख्यकहरु चीनको हिसासतमा रहेको बताइन्छ । चीनले उनीहरुलाई अतिवादविरुद्ध प्रशिक्षण दिइरहेको बताउँदै आएको छ ।

यसै कारणहजारौं बालबालिकालाई उनीहरुको अभिभावकबाट अलग गराइएको छ भने महिलाहरुलाई जबरजस्ती बच्चा नजन्माउन दबाब दिदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गर्दै आएका छन्।

उइगर समुदायको मानव अधिकार हनन गरिएको भन्दै अमेरिका, बेलायत लगायतका मुलुकले चीनको चर्को आलोचना गर्दै आएका छन् भने यसै मामिलाई लिएर चीनविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दासमेत परिसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ०७ बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन