६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि « Khabarhub

६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ ।

बुधबार मोरङ र पर्सामा २/२ जना तथा काठमाडौँ र सप्तरीमा १/१ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना पुरूष र पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाले नै मृत्यु भएको पुष्टि भएको छ ।

संक्रमणबाट मृत्यु भएका पुरूष मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए । युवतीलाई भने पखला लागेको थियो । उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, उनको मृत्यु कोरोनाले नै भएको बुधबार मात्रै पुष्टि भएको हो ।

मोरङमा पनि दुईको मृत्यु

मोरङको कोशी अस्पताल, विराटनगरमा पनि २ जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई जानकारी दिए । उनीहरूको बुधबार दिउँसो आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले बताए ।

कोशी अस्पताल विराटनगरका प्रवक्ता डा.लक्ष्मी नारायण यादवका अनुसार विराटनगरका ४५ वर्षका पुरुष मंगलबार बेलुका कोशी अस्पताल भर्ना गरिएको थिए । उनमा पहिला देखि नै मधुमेह र लिभरको समस्या थियो ।

उनको बुधबार बिहान ९ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आइनपुग्दै दिउँसो तीन बजे मृत्यु भएको थियो ।

काठमाडौँमा एकको मृत्यु

सशस्त्र प्रहरी बल अस्पतालमा बलम्बुमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सर्लाहीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सशस्त्र प्रहरीका बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए । अर्यालका अनुसार ती महिलामा  साउन १६ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

सप्तरीका एक मृतकमा पनि कोरोना पुष्टि

सप्तरीमा मंगलबार राति र बुधबार गरी तीन जना पुरूषको मृत्यु भएकोमा एक जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका उनलाई ज्वरो आएपछि र  श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ११ : ०१ बजे

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले

सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा प्रतिवादी सुनिल

दोलखामा हिउँदे वर्षासँगै शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात (तस्बिरहरू)

दोलखा– हिमाली जिल्ला दोलखामा हिउँदे वर्षा सँगै हिमपात हुन सुरू

‘अफ्रिकन स्वाइनफिभर’ ले बङ्गुर मर्न थाले

चितवन– जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी

निर्वाचनका लागि चीनले दियो ४० लाख डलर बराबरको नगद अनुदान

काठमाडौं– सरकारले फागुन २१ गतेको निर्वाचनका लागि उत्तरी छिमेकी चीनबाट