विश्वमा कोरोना :  ७० प्रतिशत निको, एकैदिन २ लाख २० हजार संक्रमणमुक्त « Khabarhub

विश्वमा कोरोना :  ७० प्रतिशत निको, एकैदिन २ लाख २० हजार संक्रमणमुक्त


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । योसँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९४ हजार ६६२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १८५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ४६६ जनाको मृत्यु भएको छ । ३७ लाख ४२ हजार ५५७ जना संक्रमित भएकोमा २१ लाख २५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७८ हजार ६३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७५ लाख ८० हजार २६ पुगेको छ । त्यसमध्ये ४४ लाख ४४ हजार १७४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४८ हजार ९२५ जनाको मृत्यु भएको छ । ७५ लाख २४ हजार ४२९ जना संक्रमित भएकोमा ६० लाख ३८ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १० हजार ४७ जनाको मृत्यु भएको छ । ६६ लाख १७ हजार ३३६ जना संक्रमित भएकोमा ५२ लाख २५ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ९०५ जनाको ज्यान गएको छ भने १२ लाख ८९ हजार ८१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २५ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २०२ जना संक्रमित भएकोमा २४ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : २० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक