रोगप्रतिरोधात्मक क्षमता घटाउने ७ खानेकुरा « Khabarhub

रोगप्रतिरोधात्मक क्षमता घटाउने ७ खानेकुरा


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले कोरोना भाइरसका कारण धेरै मानिस घर भित्र थुनिएका छन । दिनानु दिन संक्रमित थपिँदै गर्दा कोरोना भाइरसबाट जोगिन मानिसहरुले खानपानमा ध्यान दिइरहेका छन् ।

रोगप्रतिरोधात्मक क्षमता बढाउन सके कोराना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । त्यसका लागि त्यसै अनुसारको खानपानमा ध्यान दिन जरुरी हुन्छ । दैनिक व्यायाम खानपानमा ध्यान दिएर प्रतिरोधी क्षमता बढाउन आवश्यक हुन्छ ।

विशेष गरी खानपान र स्वास्थ्यमा ध्यान नपुर्याउँदा यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै शारीरिक अंगको कार्यक्षमतामा पनि कमी आउँछ ।

त्यसैले ३० वर्ष उमेर पार गर्नेहरुले सही तथा पोषणयुक्त खानेकुराको सेवन गर्नुपर्दछ । यस उमेरमा निम्न कुरालाई सकेसम्म बार्नु राम्रो मानिन्छ ।

१. मैदा
३० वर्ष माथिका मानिसले सकेसम्म मम, चाउमिन लगायत मैदाबाट बनेको परिकार खानु हुदैन । मैदालाई शरीरले ग्लूकोजमा परिणत गर्ने भएकाले फ्याटको रुपमा संग्रहीत हुनजान्छ । विस्तारै पच्ने र लामो समयसम्म पेट भरिएको महसुस गराउँन आटा खानु राम्रो हुन्छ ।

२. नुन
शरीरका लागी नुन आवश्यक छ । तर ३० वर्ष उमेर कटेकाहरुले अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुदैन । शरीरमा सजिलै घुल्ने भएकाले नुनले शरीर फुलाउने र सुन्निने बनाई शरीर बुढो देखाउँछ । साथै यसले उच्च रत्तचाप तथा स्ट्रोक हुने खतरा हुन्छ ।

३. क्याफिन
कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनले अनिन्द्राको समस्या निम्त्याउँछ । साथै क्याफिनको अत्याधिक सेवनले बुढ्यौलीपना पनि निम्तिन्छ । मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्त्याई तौल समेत बढाउँछ ।

४. चिनी
कृत्रिम गुलियोले मात्र होइन, चिनिले पनि यो उमेरका मानिसमा हानिकारक पुर्याउन सक्छ । अत्याधिक मात्रामा चिनीको सेवन गर्दा हिप तथा पेट लगायतका अंगमा बोसो लाग्दछ । यसले बाँझोपना, अनुहारको चाउरीपना लगायतको स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

५. कृत्रिम गुलियो
बजारमा बिभिन्न प्रकारका कृत्रिम गुलियोका उत्पादनहरु पाइन्छ । यस्ता गुलियोले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो लाग्ने समस्या निम्त्याउँछ । जसले ३० वर्ष माथिका मानिसको शरीरमा टाइप २ मधुमेह, कार्डियोभास्कुल लगायतको रोग लगाउन सक्छ ।

६. रेडिमेड खाना
३० वर्ष उमेर कटेका तथा घर वा कोठामा पकाउन अल्छि मान्नेहरुका लागी रेडिमेड खाना राम्रो विकल्प हो । तर यस्ता खानामा नुन, चिनी तथा फ्याटको मात्रा बढि हुने भएकाले यो शरीरका लागी भने हानिकारक हुन्छ । त्यसैले रेडिमेड खाना नखानु राम्रो हुन्छ ।

७. क्यान
यस उमेरका मानिसले क्यान बन्द पेय तथा खाद्य सामाग्रीको प्रयोग गर्दछन् । तर क्यानमा राखिएको खानेकुरामा विपिए (प्लाष्टिकलाई कडा बनाउन प्रयोग गरिने रसायन विसोफेनल ए) को मात्रा धेरै हुन्छ, जसले बिभिन्न स्वास्थ्य समस्या निम्त्याउँने गर्दछ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १ : २० बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी