विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह – दलगत रुपमा विभाजित नहुनुहोस् « Khabarhub

विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह – दलगत रुपमा विभाजित नहुनुहोस्


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहेका नेपालीलाई राजनीतिक विषयमा दलगत रुपमा विभाजित नहुन आग्रह गरेका छन्।

देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।

अनलाइन माध्यमबाट शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्र स्तरको क्षेत्रीय बैठकमा मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट जस् गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न आग्रह गरेका छन्।

‘कांग्रेस कम्युनिष्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौ’ मन्त्री ज्ञवालीले भने, ‘तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुपर्‍यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरङ्गित हुनुपर्‍यो। तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस्।’

मन्त्री ज्ञवालीले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानी मात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ३० बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर