कुखुराको मासुको मूल्य प्रतिकिलो २०० मात्रै | Khabarhub Khabarhub

कुखुराको मासुको मूल्य प्रतिकिलो २०० मात्रै


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ ।

पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो ।

एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन्।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए।

“४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन”, उनले भने, “कुखुरा र तरकारी एउटै जस्तै हो । लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन । अहिले मासु खपत हुने ठाँउ बन्द जस्तै छ।”

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए।

सामान्यतय ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उनको भनाइ छ।

निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ । प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ । उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेलले बताए।

बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ । लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन् । एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायीहरु बताउँछन्।

पत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ । यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ३ : ३२ बजे

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश