कोरोनाविरूद्ध रूसी खोपको विश्वसनियता बढ्यो, खोपले काम गर्ने संकेत « Khabarhub

कोरोनाविरूद्ध रूसी खोपको विश्वसनियता बढ्यो, खोपले काम गर्ने संकेत


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको विश्वसनियता बढेको छ ।

रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ ।

खोपको वैज्ञानिक नतिजा नआइ अगस्ट महिनामा नै स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न दिएको रूसको उक्त खोपले काम गर्नेमा आशंका गरिएको थियो ।

तर, यो परिणामले उक्त खोपको विश्वसनियता केही हदसम्म बढाए पनि अझै पनि यसको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न भने अझै अरू परीक्षण जरूरी रहेको बताइएको छ ।

गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए।

स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनामा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : १६ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी