रूपन्देहीमा जारी लकडाउन खुकुलो पार्दै एक साता थप | Khabarhub Khabarhub

रूपन्देहीमा जारी लकडाउन खुकुलो पार्दै एक साता थप


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- रुपन्देही प्रशासनले जारी गरेको लकडाउन केही खुकुलो बनाउँदै फेरि एक साता थपेको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भदौ २८ गते १२ बजेसम्मका लागि लकडाउन आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि व्यापार–व्यवसाय बिहान ११ देखि बेलुका ६ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन् ।

सरकारी कार्यालयहरुमा भीडभाड नहुने गरी व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सङ्क्रमण ऐन, २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारी महादेव पन्तद्वारा आज जारी आदेशमा भनिएको छ ।

यस्तै जिल्लाभित्र सञ्चालित सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्थासहित नियमित सेवा दिनसक्ने प्रजिअ पन्तले जारी गर्नुभएको आदेशमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायअन्तर्गतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ ।

यस्तै सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटीपार्लर, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने यसअघिकै आदेशअनुसार पूर्णरुपले बन्द रहनेछन् ।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने र विभिन्न नाका प्रयोग गरेर गैरकानूनी रुपमा नेपाल भारत आउन जान पनि रोक लगाइएको छ ।

तर, नेपाल सरकारले आवतजावतका लागि तोकेको बेलहिया नाकाबाट हुने आवतजावतलाई भने खुल्ला रहने बताइएको छ ।

रुपन्देही जिल्ला हुँदै मुख्य राजमार्गमा अत्यावश्यक गाडी चल्न पाउने तर जिल्लाभित्र सरकारले अनुमति दिएकाबाहेक कुनै पनि गाडी चलाउन रोक लगाइएको छ ।

प्रशासनले जारी गरेको आदेशमा  अत्यावश्यकीय वस्तु र सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायत क्षेत्रका गाडी सञ्चालनमा भने कुनै पनि किसिमले रोक लगाइएको छैन ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : ०७ बजे

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत

अमेरिकामा नयाँ भन्सार शुल्कको प्रभाव : ठूला बन्दरगाहमा भीड, साना बन्दरगाहमा मन्दी

एजेन्सी – अमेरिकाले चाँडै नयाँ भन्सार शुल्क लागु गर्न लागेको