कोरोना भाइरसको महामारीले  दुग्ध क्षेत्रमा मात्रै २० अर्बको नोक्सान « Khabarhub

कोरोना भाइरसको महामारीले  दुग्ध क्षेत्रमा मात्रै २० अर्बको नोक्सान



काठमाडौं- कोभिड–१९ को महामारीले डेरी तथा उद्योग क्षेत्रले २० अर्ब रूपैयाँ गुमाएको सरकारवालाहरूले बताएका छन् ।

कोरोना महामारीले ६० प्रतिशत बजार गुम्दा निजी क्षेत्रले मात्रै २० अर्ब रुपैयाँ गुमाएको सरोकारवालाहरुले दाबी गरेका छन् ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रियामा सहभागीहरूले महामारी लम्बिदै गए दुग्ध उद्योग क्षेत्र बन्दै गर्ने अवस्थामा पुग्न सक्ने बताए ।

बागमती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले महामारीले दुग्ध क्षेत्र मात्रै नभई मर्कामा परेका किसानको पनि प्याकेजमै समस्या समाधान गर्ने कोशिस भएको बताए ।

किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार र निजी क्षेत्रको सहकार्यम समस्या समाधान गर्नुपर्ने बताए ।

‘कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या छन्, तर यसमा सबभन्दा बढी समस्यामा किसान छन्, मन्त्री लामाले भने, ‘प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको छ ।’

डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने उनले प्रतिवद्धता जनाए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसान उत्पादन गर्दै आएको दुधको बजार ३० प्रतिशतले गुमेको बताए ।

‘मुलुकभर सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ,’ उनले भने, ‘अहिले सबै समस्या किसानसँग ठोकिएको छ ।’

किसानलाई डेरी उद्योगीले चार महिनादेखि भुक्तानी नदिएको गुनासो बढेकाले समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगको ६० प्रतिशत बजार समाप्त हुँदा २० अर्बको नोक्सान बेहोरिसकेको बताए ।

दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा अहिले बजारमा ३१ लाख लिटर दुध मात्र बजारमा जाने गरेको उनले जानकारी दिए ।

कोरोना महामारीमा अत्यावश्यक वस्तुको रुपमा डेरी क्षेत्रलाई राखि पनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको उनको गुनासो छ ।

दैनिक दुध संकलनमा ३० देखि ४० रुपैयाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि विक्रि नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भएकाले सरकारले यसतर्फ ध्यान दिन पर्ने बताए ।

घिउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भन्ने समस्याले सताएको उल्लेख गर्दै उनले भने, ‘यो क्षेत्रमा सरकारले पनि सहजिकरण गर्नुपर्छ ।’

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : २८ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई