३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र « Khabarhub

३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् ।

सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो।

शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए।

सो उडानमा उनीहरूसँगै २ सय ३८ नेपाली स्वदेश फर्किने तय भएको थियो। तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अस्पष्ट भएको भन्दै ३७ जनालाई उतै छोडेको थियो।

उनीहरुलाई करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएको थियो।

इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका एक युवती र ३६ जना युवकको अर्को उडानमा उद्धार हुने सोलस्थित नेपाली दूतावासले जनाए पनि निश्चित भने भइसकेको छैन।

दुतावासले भने ३४ जनाको कोरोना परीक्षण रिपोर्टमा भएको त्रुटि, २ जनाको अध्यागमनसम्बन्धी समस्या र १ जनाको उच्च तापक्रमको कारणले गरी जम्मा ३७ जना नेपाली स्वदेश फर्किनबाट वञ्चित भएको जनाएको छ।

सो विषयमा आफूहरुलाई कोरियन एयरले पत्र पठाएको दूतावासले जनाएको छ। अब हुने तत्कालको अर्को उडानमा फेरि टिकट काट्नु नपर्ने गरी पीसीआर रिपोर्टको त्रुटि र उच्च तापक्रमको कारणले रोकिएका यात्रुको व्यवस्थापन गर्ने सहमति भएको पनि दूतावासले फेसबुकमार्फत् जानकारी दिएको छ।

कोरोना महामारीबाट जागिर गुमेका कारण लामो समयदेखि बरोजगार बसेका युवाहरु महंगो टिकट भाडा तिरेर घर फर्किरहेका छन्।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ३९ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता