तीन महिनामा ८५ जना नेपालीले पाए डाइभर्सिटी भिसा « Khabarhub

तीन महिनामा ८५ जना नेपालीले पाए डाइभर्सिटी भिसा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिल, जुलाई र अगस्त महिनामा ८५ जना नेपालीहरुको डाइभर्सिटी भिसा प्राप्त गरेको जनाएको छ ।

दूतावासका अनुसार अप्रिल महिनामा १४ जना नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । तीमध्ये १२ जनाले काठमाडौंको दूतावासबाट भिसा प्राप्त गरेका हुन् ।

गत अप्रिल २२ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश जारी भए पनि भिसा दिइएको छ ।

अप्रिलको कार्यकारी आदेशपछि मे र जुन महिनामा कुनै पनि नेपालीलाई भिसा दिइएको थिएन । दूतावासका अनुसार जुलाईमा भने ३३ जनाले नेपालीले भिसा प्राप्त गरेका छन् ।

भिसा पाउनेमध्ये १९ जना प्राथमिक डिभी विजेता रहेको र १४ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेको दूतावासले जनाएको छ । उनीहरु सबैले काठमाडौंस्थित दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

त्यसैगरी अगस्त महिनामा ३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको दूतावासले जनाएको छ ।

तीमध्ये २१ जना प्राथमिक डिभी विजेता रहेको र थप १७ जना उनीहरुका दम्पति र छोराछोरी रहेका छन् ।

गत सेप्टेम्बर ४ मा अमेरिकाको अदालतले सन् २०२० मा डिभी परेकाको भिसा नरोक्न आदेश जारी गरेको थियो । त्यसपछि अमेरिकी विदेश मन्त्रालयले दूतावासहरुलाई डिभी विजेताहरुको भिसा जारी गर्न निर्देशन दिएको थियो ।

सेप्टेम्बरमा कति जनलााई भिसा दिइयो भन्नेबारे भने दूतावासले कुनै जानकारी दिएको छैन । सन् २०२० का डिभी विजेताहरुले सेप्टेम्बर ३० सम्म भिसा पाउने अमेरिकी प्रावधान छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ०३ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता