तीन महिनामा ८५ जना नेपालीले पाए डाइभर्सिटी भिसा « Khabarhub

तीन महिनामा ८५ जना नेपालीले पाए डाइभर्सिटी भिसा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिल, जुलाई र अगस्त महिनामा ८५ जना नेपालीहरुको डाइभर्सिटी भिसा प्राप्त गरेको जनाएको छ ।

दूतावासका अनुसार अप्रिल महिनामा १४ जना नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । तीमध्ये १२ जनाले काठमाडौंको दूतावासबाट भिसा प्राप्त गरेका हुन् ।

गत अप्रिल २२ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश जारी भए पनि भिसा दिइएको छ ।

अप्रिलको कार्यकारी आदेशपछि मे र जुन महिनामा कुनै पनि नेपालीलाई भिसा दिइएको थिएन । दूतावासका अनुसार जुलाईमा भने ३३ जनाले नेपालीले भिसा प्राप्त गरेका छन् ।

भिसा पाउनेमध्ये १९ जना प्राथमिक डिभी विजेता रहेको र १४ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेको दूतावासले जनाएको छ । उनीहरु सबैले काठमाडौंस्थित दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

त्यसैगरी अगस्त महिनामा ३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको दूतावासले जनाएको छ ।

तीमध्ये २१ जना प्राथमिक डिभी विजेता रहेको र थप १७ जना उनीहरुका दम्पति र छोराछोरी रहेका छन् ।

गत सेप्टेम्बर ४ मा अमेरिकाको अदालतले सन् २०२० मा डिभी परेकाको भिसा नरोक्न आदेश जारी गरेको थियो । त्यसपछि अमेरिकी विदेश मन्त्रालयले दूतावासहरुलाई डिभी विजेताहरुको भिसा जारी गर्न निर्देशन दिएको थियो ।

सेप्टेम्बरमा कति जनलााई भिसा दिइयो भन्नेबारे भने दूतावासले कुनै जानकारी दिएको छैन । सन् २०२० का डिभी विजेताहरुले सेप्टेम्बर ३० सम्म भिसा पाउने अमेरिकी प्रावधान छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ०३ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब