एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार « Khabarhub

एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इंग्लिस प्रिमियर लिगको साविक बिजेता लिभरपुल एस्टन भिल्लासँग फराकिलो अन्तरले पराजित भएको छ ।

ओली वाटकिन्सको ह्याट्रिक गरेको खेलमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ७-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।

भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे ।

लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरे पनि हार टार्न सकेन । लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो । भिल्ला अपराजित रहेको छ ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो ।

२२औं मिनेटमा ज्याक ग्रेयलिसकै पासमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २–० ले अघि बढाए ।

३३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३५औं मिनेटमा जोन म्याकजिनले गोल गरेपछि भिल्लाले ३–१ को अग्रता लिन सफल भयो ।

३९औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पूरा गरेपछि भिल्लाले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता लिन सफल भएको थियो ।

५५औं मिनेटमा रस बार्कलेले गोल गरेपछि एस्टन भिल्ला फराकिलो जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको आशा जीवितै राखे । ६६औं मिनेटमा ज्याक ग्रेयलिसले गोल गरेपछि लिभरपुल खेलमा ६–२ ले पछि पर्‍यो ।

७५औं मिनेटमा ज्याक ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–२ को अवस्थामा पुर्‍याए । त्यसपछि कुनै पनि टोलीले गोल गरेनन् र भिल्लाले लिभुरपुरविरूद्ध शानदार जित निकाल्यो ।

 

जितसँगै भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ०३ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज