एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार « Khabarhub

एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इंग्लिस प्रिमियर लिगको साविक बिजेता लिभरपुल एस्टन भिल्लासँग फराकिलो अन्तरले पराजित भएको छ ।

ओली वाटकिन्सको ह्याट्रिक गरेको खेलमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ७-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।

भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे ।

लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरे पनि हार टार्न सकेन । लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो । भिल्ला अपराजित रहेको छ ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो ।

२२औं मिनेटमा ज्याक ग्रेयलिसकै पासमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २–० ले अघि बढाए ।

३३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३५औं मिनेटमा जोन म्याकजिनले गोल गरेपछि भिल्लाले ३–१ को अग्रता लिन सफल भयो ।

३९औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पूरा गरेपछि भिल्लाले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता लिन सफल भएको थियो ।

५५औं मिनेटमा रस बार्कलेले गोल गरेपछि एस्टन भिल्ला फराकिलो जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको आशा जीवितै राखे । ६६औं मिनेटमा ज्याक ग्रेयलिसले गोल गरेपछि लिभरपुल खेलमा ६–२ ले पछि पर्‍यो ।

७५औं मिनेटमा ज्याक ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–२ को अवस्थामा पुर्‍याए । त्यसपछि कुनै पनि टोलीले गोल गरेनन् र भिल्लाले लिभुरपुरविरूद्ध शानदार जित निकाल्यो ।

 

जितसँगै भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ०३ बजे

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३