केही दिनमै मनसुन हट्ने, केही ठाउँमा आज पनि वर्षा « Khabarhub

केही दिनमै मनसुन हट्ने, केही ठाउँमा आज पनि वर्षा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकका विभिन्न पाँच प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही प्रभावका कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो र राति हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ ।

पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको छ । अबको केही दिनभित्रै नेपालबाट पूर्णरूपमा मनसुन बाहिरिने उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ४० बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना