श्रम स्वीकृति आज सुरू हुँदै   « Khabarhub

श्रम स्वीकृति आज सुरू हुँदै  


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति आज फेरि सुरू हुने भएको छ ।

प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो ।

यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएकाले स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको हो ।

सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई रूजु भएको कागजात बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायतावापतको रकम पठाउने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ५५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग