राजधानीका विषयमा नेकपा प्रदेश ५ मा विवाद, सुरू भएन संसदीय दलको बैठक « Khabarhub

राजधानीका विषयमा नेकपा प्रदेश ५ मा विवाद, सुरू भएन संसदीय दलको बैठक


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल-  प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोकिएपछि मतान्तर देखिएको नेकपा प्रदेश ५ को संसदीय दलको बैठक अझै सुरू भएको छैन ।

बिहान ७ बजेका लागि बैठक डाकिए पनि प्रदेश सभा समस्यहरू गुटगत बैठकमा सहभागी भएका छन् ।

गत शुक्रबार प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश ५ को स्थायी राजधानी र नामको पक्षमा नेताहरू नै विभाजित भएपछि छलफलका लागि डाकिएको बैठक अझै सुरू भएको छैन ।

यसअघि शनिबार मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा बसेको भनिएको संसदीय दलको बैठकले स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको थियो ।

तर, उक्त निर्णयका प्रति प्रदेश सभा सदस्यहरू असन्तुष्ट रहेका छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले निर्णय नमान्नेलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।

आइतबार बुटवलमा प्रदर्शन गरेका व्यवसायीले पार्टीको ह्वीप नमानेर जनताको पक्षमा मतदान गर्न नेकपा सांसदलाई आग्रह गरेका छन्।

आफूहरूको भावना विपरीत राजधानी सार्ने निर्णय भए व्यापारी तथा विभिन्न संघसंस्थामा आबद्ध भएका करिब दुई हजार बढीले पार्टी छाड्ने पनि चेतावनी दिएका छन्।

आज दिउँसो बस्ने संसद् बैठकमा सरकारले प्रदेश सभामा पेश गरेको प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनीका विषयमा सांसदहरुले धारणा राख्नेछन्।

प्रदेश ५ प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। दाङ राजधानी सार्ने प्रस्ताव दुईतिहाइले पारित हुन ५८ मत चाहिन्छ । प्रदेश सभामा सत्तारुढ नेकपाका ६१, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन्।

राजधानी बुटवल कि दाङ भन्नेमा नेकपा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच पनि मत बाझिएको छ ।

पौडेल बुटवल नै प्रदेशको राजधानी राख्नुपर्ने पक्षमा छन् । तर, पोखरेल त्यो मान्न तयार छैनन् । राजधानीको विषयमा विवाद चर्केपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसमेत विवाद मिलाउन केन्द्रित भएका छन् ।

भालुवाङलाई राजधानीको प्रस्ताव गरिएसँगै बुटवलमा प्रदर्शन चर्केको छ । आइतबारदेखि यही २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिए पनि प्रदर्शन रोकिएको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : २७ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित