प्रदेश राजधानी बुटबलमै हुनुपर्ने महासचिव पौडेलको अडान, अध्यक्षद्वयसँग असन्तुष्ट « Khabarhub

प्रदेश राजधानी बुटबलमै हुनुपर्ने महासचिव पौडेलको अडान, अध्यक्षद्वयसँग असन्तुष्ट


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश ५ को राजधानीको विषयलाई लिएर नेकपा भित्रै विवाद सुरु भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा दाङको देउखुरी उपत्यकालाई प्रदेश राजधानी बनाउने प्रस्ताव अघि बढेसँगै नेकपा महासचिव विष्णु पौडेलले अस्तुष्टि जनाएका छन् ।

प्रदेश ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा पहिलेदेखिनै महासचिव पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच प्रतिष्ठाको लडाइँ थियो । त्यसैले प्रदेश सरकार गठनको अढाई वर्षसम्म पनि यो विषयमा प्रगति भएको थिएन ।

पौडेलले पहिलेदेखिनै पूर्वाधार सम्पन्न क्षेत्र बुटबललाई प्रदेश राजधानी बनाउन जोड गरेका थिए भने पोखरेलले दाङमा प्रदेश राजधानी बनाउनुपर्ने भन्दै अघि बढेका थिए ।

अध्यक्षद्वय ओली–प्रचण्डको सहमति पनि पोखरेलतिरै गएपछि महासचिव पौडेल दुवै अध्यक्षसँग असन्तुष्ट बनेका छन् । उनले अध्यक्षद्वयलाई निर्णयमा पुर्नविचार गर्न आग्रह पनि गरेका छन् । अध्यक्षद्वयसँगको छलफलमा महासचिव पौडेलले दुई अध्यक्षबीच अचानक बनेको सहमतिले प्रदेश–५ मा राजनीतिक र मनौवैज्ञानिक असर परेको भन्दै निर्णयमा पुर्नविचार गर्न माग गरेको एक नेताले बताए ।

अध्यक्षद्वयले यही निर्णयलाई कार्यान्वयनमा लैजानुपर्ने भनेपछि महासचिव पौडेल नेतृत्वसँग असन्तुष्ट छन् । यता प्रदेश कै संसदीय दलमा १४ सांसदले यो प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

शुक्रबार प्रदेश सभामा ‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण’ गर्ने प्रस्ताव पेश भएपछि नेकपामा राजनीतिक धुव्रीकरण सुरु भएको हो ।

पार्टीभित्र नामलाई लिएर आमसहमतिजस्तो देखिए पनि राजधानीलाई लिएर विवाद छ । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि प्रस्तावमा असहमति राखेको छ । प्रस्ताव प्रदेशसभामा पेश भएलगत्तै बुटवलमा आन्दोलन भइरहेको छ ।

प्रदेशका अरु सांसदले पनि यो महत्वपूर्ण विषयमा निर्णय लिँदा पार्टीको प्रदेश कमिटीमा छलफल हुनुपर्ने बताएका छन् । निर्णय बाहिर आएपछिमात्र जानकारी पाएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका प्रदेश ५ बाटै संसदीय दलमा रहेका सांसद गोकर्ण विष्टले सबैसँग सल्लाह र सुझाव लिएर मात्र निर्णय गर्नु उपयुक्त हुने बताए ।

प्रदेश सभाले राजधानी र नामका विषयमा बनाएको संसद्को विशेष समितिको एक वर्षको मिहिनेतपछिको प्रतिवेदन, विज्ञका सुझाव र विभिन्न राजनीतिक दलका नेताले व्यक्तिगत स्वार्थ छाडेर दिएको सल्लाह र सुझाबबाट ऐतिहासिक काम सम्पन्न गरिएको प्रदेश सरकारको दावी छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : ५८ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित