वडा २२ को कार्यालय भवन निर्माणका लागि शिलान्यास « Khabarhub

वडा २२ को कार्यालय भवन निर्माणका लागि शिलान्यास


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महागनरपालिका वडा २२ को कार्यालय भवनको शिलान्यास भएको छ ।

काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, वडाध्यक्षध्यक्ष चिनीकाजी महर्जनले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणको लागत इष्टिमेट ४ करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा थियो । खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के एण्ड केजी रमिता कन्स्ट्रक्सन प्रा लिले ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ ।

भवन २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘आफ्नै कार्यालय भवनबाट सेवा दिने महानगरको नीति कार्यान्वयन भइरहेको छ ।’

वडा २२ को भवन ६ जना व्यक्ति अट्ने लिफ्टसहितको भवन ६ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन ६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । पाँचौं तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा हुनेछन् भने माथिल्लो तलामा बैठक कक्ष हुनेछ ।

नयाँ वडा भवन बनाउने कार्यक्रमअन्तर्गत वडा ९ र २६ का नयाँ भवन सञ्चालनमा आइसकेका छन् । वडा ३, ४ र १४ को भवन निर्माण सम्पन्नको चरणमा छन् ।

वडा ६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ । भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा छन् भने वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ ।

वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर