प्रदेश ५ : २ बजेसम्मका लागि स्थगित बैठक अझै सुरु भएन | Khabarhub Khabarhub

प्रदेश ५ : २ बजेसम्मका लागि स्थगित बैठक अझै सुरु भएन


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– विपक्षी दलले अवरोध गरेपछि २ बजेसम्मका लागि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक अझै सुरु भएको छैन ।

साढे १ बजे बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया सभामुखसँग समय मागेर बोलेका थिए । उनले सरकारले विपक्षी दलहरूसँग सल्लाह नगरेको र जनभावना विपरीत राजधानीसम्बन्धी प्रस्ताव पेश गरेको आरोप लगाउँदै बैठक अवरुद्ध गराउने बताए ।

उनले बोलिसकेपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू आआफ्नो आशनबाट उठेका थिए । उनीहरुले नाराबाजी पनि गरेका थिए । बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए ।

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चर्केको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  २ : ३५ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु