प्रदेश ५ : २ बजेसम्मका लागि स्थगित बैठक अझै सुरु भएन « Khabarhub

प्रदेश ५ : २ बजेसम्मका लागि स्थगित बैठक अझै सुरु भएन


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– विपक्षी दलले अवरोध गरेपछि २ बजेसम्मका लागि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक अझै सुरु भएको छैन ।

साढे १ बजे बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया सभामुखसँग समय मागेर बोलेका थिए । उनले सरकारले विपक्षी दलहरूसँग सल्लाह नगरेको र जनभावना विपरीत राजधानीसम्बन्धी प्रस्ताव पेश गरेको आरोप लगाउँदै बैठक अवरुद्ध गराउने बताए ।

उनले बोलिसकेपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू आआफ्नो आशनबाट उठेका थिए । उनीहरुले नाराबाजी पनि गरेका थिए । बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए ।

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चर्केको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  २ : ३५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग